नेपाल–यूएई टी२०आई: दोस्रो खेलमा नेपाल पहिलो जितको खोजीमा


काठमाडौं ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल र यूएईबीच दोस्रो टी२० अन्तर्राष्ट्रिय खेल हुँदैछ। साँझ ५ बजेदेखि सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा रहँदा यूएई लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

सोमबार भएको पहिलो खेलमा वर्षाका कारण प्रभावित खेल डीएल पद्धतिअनुसार यूएईले ६ विकेटले जितेको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य यूएईले ७ बल बाँकी रहँदा पूरा गरेको थियो।

नयाँ संरचनामा रहेको नेपाली टोलीले पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि दोस्रो खेलमा सुधार गर्ने लक्ष्य लिएको छ। हेमन्त धामीले डेब्यू गरिसकेका छन् भने सन्तोष यादवले पनि अवसर पाउने सम्भावना छ। दुवै टोली उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रने अपेक्षा गरिएको छ।