काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि ११ वैशाखमा निर्वाचन हुने भएको छ।
निर्वाचन समितिका अनुसार सो दिन बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो ४ देखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुनेछ।
मतदान सम्पन्न भएलगत्तै मतगणना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।











प्रतिक्रिया