काठमाडौं ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माणलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।
विमानस्थलका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग नजिकको ट्याक्सीवे निर्माण कार्य भइरहेको छ। सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो।
यस अवधिमा उडान प्रभावित नहोस् भनेर आवश्यकताअनुसार उडान तालिका समायोजन गर्न हवाई सेवा प्रदायकलाई आग्रह गरिएको छ।











प्रतिक्रिया