उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ७ बेल्टार बजारमा मंगलबार बिहानको ०३ः२० बजे रविन कुमार दास र लक्ष्मी नारायण खड्काको घरमा आगलागी हुदाँ २ जनाको मृत्यु भएको छ भने करिब रु. ६३,००,००० त्रिसठ्ठी लाख बराबरको क्षति भएको छ ।

चौदण्डीगढी न।पा। वडा नं। ७ बेल्टार बजार बस्ने पदम खड्काको घरमा अचानक आगलागी हुदाँ निजको बुवा बर्ष ७० को लक्ष्मी नारायण खड्का र निज मृतककै नाती बर्ष ३० को पवन खड्काको जली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उक्त आगलागीबाट रबिन कुमार दासको काठको घर र किराना पसलको समेत जली रु २०,००,०००।– ,पदम खड्काको घर र चौपायामा २ वटा खसी समेत गरी रु ३१,००,००।–, पदम खड्काको घरमा रहेको मित्र थापा मगरको स्टेशनरी पसलको रु ६०,०००।( होम बहादुर परियारको ट्रेलरको रु २०,०,००।– , मैया पौडेलको चटपटे पसल र अन्य सामानहरु गरी रु ४,००,०००।– बराबरको क्षति भएको छ ।
उक्त घटना सम्बन्धमा जानकारी हुन साथ प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा प्रहरी टोली खटि गई सुरक्षा कर्मी, दमकल र स्थानीयको सहयोगमा आगो बिहान ५ः३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । साथै मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको लास नगर अस्पताल बेल्टारको सव गृहमा राखि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया