काठमाडौँ
एक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी ले दिएको राजीनामा स्वीकृत गरिएको छ । संस्थाको मिति २०८२ साल माघ २ गते अपरान्ह ५ः३० बजे बसेको सञ्चालक समितिको २८७औँ बैठकले अधिकारीले मिति २०८२ साल पौष १७ गते दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले मिति २०८२ साल माघ ४ गतेदेखि लागू हुने गरी संस्थाकी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
संस्थाले यो निर्णयबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेड लाई औपचारिक रूपमा जानकारी गराएको छ । साथै, यस सम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित विभागलाई पनि बोधार्थ पठाएको छ ।











प्रतिक्रिया