प्रोग्रेशिभ फाइनान्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधबार मिति २०८२ पौष ३० गते आफ्नो २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कार्यक्रम तथा गतिविधिबारे जानकारी गराउनुभयो। साथै चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका तथा आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना तथा कार्यक्रम बारे सभालाई अवगत गराउनुभयो ।

साधारण सभामा वार्षिक प्रतिवेदनसम्बन्धी उठेका प्रश्न तथा जिज्ञासाको उत्तर दिँदै अध्यक्ष महर्जनले हाल वित्तीय क्षेत्रमा देखिएका विविध चुनौतीका कारण अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न नसकिए पनि अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा संस्थाले सन्तोषजनक प्रगति हासिल गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले शेयरधनीहरूबाट प्राप्त सुझाव तथा सल्लाहप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा ती सुझावहरू क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा सम्पूर्ण अनुसूचीसहितका वित्तीय विवरणहरू छलफलपछि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२÷८३ का लागि बाह्य लेखापरीक्षकका रूपमा डी.जी. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

हाल प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २३ वटा शाखा कार्यालय तथा चार वटा एक्सटेन्सन काउन्टरमार्फत नवीनतम प्रविधिको प्रयोग गर्दै आफ्ना वित्तीय सेवाहरू प्रभावकारी रूपमा प्रवाह गर्दै आएको जनाएको छ।