गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २४औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा मिति २०८२ पौष ३० गते बुधबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष श्री युवराज भण्डारीको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफलपछि पारित गरिएको छ ।

संस्थाले हाल डिपोजिट बेस्ड डेबिट कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, मोबाइल बैंकिङ, नेपाल पे कार्ड, ई–सेवा, फोनपे, खल्ती, कर्पोरेट पे, ई–सी–सी, आरटीजीएस, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस सेवा, साझा डिपोजिट लकर, नेसनल पेमेंट स्विच (एनपीएस), विप्रेषण (रेमिट्यान्स) सेवा, डीम्याट, सी–आस्बा, ट्रेजरीलगायतका आधुनिक वित्तीय सेवाहरू प्रदान गर्दै आएको जानकारी गराइएको छ । साथै संस्थाले व्यक्तिगत खाताका हकमा पाँच लाख रुपैयाँसम्मको निक्षेप बीमाको सुविधा समेत उपलब्ध गराएको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरमार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारीले आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।