काठमाडौँ
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै बीमा सेवामा आमजनताको पहुँच अझ सहज बनाउने उद्देश्यका साथ मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ ।
उक्त शाखाको विधिवत् उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र उर्लाबारी नगरपालिकाकी उप–प्रमुख श्रीमती मीना खतिवडा पौडेलले संयुक्त रूपमा गर्नुभएको हो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै उर्लाबारी तथा आसपासका क्षेत्रका नागरिकहरूले जीवन बीमासम्बन्धी सेवा सरल, छरितो र सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ ।











प्रतिक्रिया