काठमाडौँ
नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ योजना सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत नेपाल पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
यस योजनाको मेगा पुरस्कारअन्तर्गत एक जना भाग्यशाली विजेताले बिवाइडी एट्टो १ विद्युतीय कार प्राप्त गर्नेछन् । त्यसैगरी मासिक रूपमा दुई जना भाग्यशाली विजेताले याडेआ ओविन विद्युतीय स्कुटर जित्नेछन् भने साप्ताहिक रूपमा १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्नेछन्। टिक्मोको यस उत्सवमा सहभागी भई कुल १५ जना भाग्यशाली व्यक्तिहरू लाभान्वित हुनेछन्। सबै विजेताहरूको छनोट पारदर्शी डिजिटल लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको रकम सुरक्षित रूपमा नेपालमा रहेका आफ्ना आफन्तसम्म पठाउँदै आएका छन् । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै भुक्तानी प्रणाली अझ सहज बन्दै गएको छ । वैदेशिक रोजगारीबाट स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउने क्रममा आइएमईले विदेशबाट पैसा पठाउँदा उपहार जित्ने अवसर समेत प्रदान गरेको जनाएको छ ।
टिक्मोका बारेमाः
टिक्मो साउदी अरबमा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेषगरी रकम पठाउने तथा अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यस एपमार्फत अन्तर्राष्ट्रिय रकम स्थानान्तरण, डिजिटल भुक्तानी कार्ड, बिल भुक्तानी लगायतका सेवा उपलब्ध छन्।
आइएमई लिमिटेडका बारेमाः
स्थापनाकालदेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचमा पु¥याउने प्रतिबद्धतासहित आइएमई लिमिटेडले सेवा शुभारम्भको २२औँ वर्षसम्म आइपुग्दा नेपालभर २२५ आइएमई केन्द्र, ७७ जिल्लामा फैलिएका करिब १२ हजार सब–एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा रहेका नेपालीहरूले दुःख गरेर कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित रूपमा देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पु¥याउँदै आएको छ ।











प्रतिक्रिया