काठमाडौँ
एलजी नेपालले मुम्बईस्थित वानखेड़े स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष अवलोकन गराउने टी–२० विश्वकप यात्राअन्तर्गतको दोस्रो चरणका विजेता घोषणा गरेको छ । विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने उद्देश्यसहित एलजी नेपालले गत मंसिर २९ गतेदेखि उपभोक्तालाई लक्षित आकर्षक योजना सार्वजनिक गरेको थियो, जसको दोस्रो चरणका भाग्यशाली विजेता सार्वजनिक गरिएको हो ।
फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सञ्चालन भइरहेको विश्वकप क्रिकेटलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत देशभरिबाट चार जना विजेता छनोट गरिएको एलजी नेपालले जनाएको छ । दोस्रो चरणका विजेतामा काठमाडौं चाबहिल निवासी धिरज बस्नेत रहेका छन्, जसले एसपायर इलेक्ट्रोनिक्स, कालिमाटीबाट टेलिभिजन खरिद गरेका थिए । त्यसैगरी विराटनगर निवासी प्रमिला तिम्सिनाले एलजी शप विराटनगरबाट रेफ्रिजेरेटर, वालिङ निवासी माधव न्यौपानेले डी.के. इलेक्ट्रोनिक्स सप्लायर्सबाट वासिङ मेसिन तथा प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनलबाट वासिङ मेसिन खरिद गरेका थिए ।
यस योजनाअन्तर्गत एलजीका कुनै पनि सामान खरिद गर्ने ग्राहकले वानखेड़े स्टेडियम, मुम्बईमा नेपालले खेल्ने कुनै एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । नेपालका पहिलो चरणका सबै खेल मुम्बईमा हुने कार्यक्रम रहेको छ । विजेताका लागि चार रात पाँच दिनको मुम्बई यात्रा, खेल प्रत्यक्ष अवलोकनलगायत सम्पूर्ण खर्च एलजी नेपालले नै बेहोर्ने जनाएको छ, जसले सहभागीहरूको यात्रा सहज र अविस्मरणीय बनाउने विश्वास गरिएको छ ।
एलजी नेपालले योजना अन्तर्गत सहभागी हुन ग्राहकले सामान खरिदपश्चात एसएमएस गर्न नबिर्सन आग्रह गरेको छ । एसएमएसका लागि ‘एलजी ृस्पेसे वारेन्टी कार्ड नम्बर ृस्पेसे उत्पादनको नाम ृस्पेसे ग्राहकको नाम ृस्पेसे ठेगाना’ टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ । यो योजना सीमित अवधिका लागि देशभर लागू भएकाले आजै नजिकको आधिकारिक बिक्रेताकहाँ गई एलजीका उत्पादन खरिद गरी एसएमएस पठाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ । एलजी नेपालले अझै पनि जित्ने मौका बाँकी रहेको भन्दै सबै क्रिकेटप्रेमी उपभोक्तालाई अवसर नछुटाउन अनुरोध गरेको छ ।











प्रतिक्रिया