नेपालमै पहिलो ‘मिडिया प्रो शप’ अनुभव केन्द्रको शुभारम्भ


काठमाडौँ
मिडिया एसीको आधिकारिक वितरक एयर एक्सपट्र्सले नेपालमा पहिलोपटक ‘मिडिया प्रो शप’ अनुभव केन्द्रको सुरुवात गरेको छ । २०८२ साल पुस ३ गतेदेखि सञ्चालनमा आएको उक्त प्रो शप ग्राहकलाई लक्षित गरी अत्याधुनिक प्रविधियुक्त वातानुकूलन समाधान प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

मिडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्नुभएको थियो । करिब ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो केन्द्र नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्रका रूपमा स्थापित भएको छ । यहाँ मिडियाका आवासीय तथा व्यावसायिक दुवै प्रकारका वातानुकूलन समाधान एकै स्थानमा उपलब्ध छन् ।

सामान्य शोरूमभन्दा फरक अवधारणामा सञ्चालनमा आएको मिडिया प्रो शप नेपालभर विस्तार हुने अनुभव केन्द्रहरूमध्ये पहिलो हो । यो केवल नयाँ शोरूमको सुरुवात मात्र नभई सम्पूर्ण एसी उद्योगका लागि नयाँ युगको प्रारम्भ भएको कम्पनीको दाबी छ । यस केन्द्रमा ग्राहकले उत्पादन परीक्षण गर्न, विभिन्न मोडेलको तुलना गर्न तथा अत्याधुनिक प्रविधिबारे प्रत्यक्ष रूपमा बुझ्न सक्ने वातावरण पाउँछन् ।

प्रो शपमा ग्राहकले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, ऊर्जा बचत तथा स्मार्ट कूलिङ प्रणालीयुक्त एसीको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । यसले ग्राहकलाई सहज पहुँच, उत्कृष्ट सेवा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

उद्घाटन समारोहमा एयर एक्सपट्र्सका प्रबन्ध निर्देशक नवीन भन्सालीले मिडिया एसी विगत दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो । उहाँले मिडिया प्रो शप नेपालकै पहिलो अनुभव केन्द्र भएको बताउँदै यहाँ ग्राहकले केवल उत्पादन हेर्ने मात्र नभई परीक्षण, तुलना र प्रविधि बुझ्ने अवसर पाउने स्पष्ट पार्नुभयो । साथै भविष्यमा अन्य सहरहरूमा पनि यस्ता अनुभव केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

मिडिया प्रो शप केवल एसी हेर्ने स्थान मात्र नभई विश्वास, सुविधा र भविष्यको जीवनशैली अनुभव गर्ने केन्द्र भएको कम्पनीको भनाइ छ । यहाँ आउने प्रत्येक ग्राहकले आफ्नो घर वा कार्यालयका लागि उपयुक्त वातावरण कस्तो हुन सक्छ भन्ने कल्पना गर्न सक्नेछन् । नेपालमा अग्रणी एसी ब्रान्डका रूपमा मिडिया एसीले विगत २० वर्षदेखि ग्राहक, विक्रेता तथा साझेदारहरूको विश्वास जित्दै आएको छ । देशभर फैलिएको विक्रेता सञ्जालले सहज पहुँच र गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको एयर एक्सपट्र्सले जनाएको छ