वायु सेवा सञ्चालक संघको अध्यक्षमा कैलाश हेलीकप्टर सर्भिसेजका पाण्डे सर्वसम्मत


काठमाडौँ
वायु सेवा सञ्चालकहरुको छाता संगठन वायु सेवा सञ्चालक संघको अध्यक्षमा कैलाश हेलिकप्टर सर्भिसेज प्रालिका कार्यकारी निर्देशक प्रतावजङ्ग पाण्डे निर्वाचित हुनु भएकोछ ।

शुक्रबार काठमाडौंमा सम्पन्न संघको २५औं वार्षिक साधारण सभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका सुभाष सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका उमेश पनेरु चयन भएका छन् । त्यसै गरी संघको महासचिवमा सिम्रिक एयरका मुरलीधर जोशी, सचिवमा एयर डाइनास्टीका बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा विनोद थापा, घनश्याम राज आचार्य, श्रीराम हर्ष श्रेष्ठ, उमेश आचार्य, प्रज्वल थापा, नोबेल कुमार राजलवत, फुर्वा छिरिङ शेर्पा र मिलन महर्जन रहेका छन् । यसअघि संघको अध्यक्ष मनोज कार्की थिए ।

नेपाल धितोपत्र बोर्डबाट आइपिओ निस्कासनका लागि पाइपलाइनमा रहेको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिका कार्यकारी निर्देशक पाण्डे उत्कृष्ट बैंकर तथा व्यवसायी हुनुहुन्छ ।