कृषि विकास बैक कर्मचारी संघ नेपालको रक्तदान कार्याक्रम सम्पन्न


काठमाडौं ।

कृषि विकास बैक लि को ५९ औ वार्षिकउत्सवको अवसरमा कृषि विकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिलेको मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । साथै कृषि विकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितीले समेत माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना गर्ने बैंकले जनाएको छ ।

रगतको अभावमा हुने मानव जीवनको क्षतिलाई न्युनिकरण गर्नु र समाजमा सेवा भाव फैलाउने उदेश्य सहित सम्पन्न उक्त रक्तदान कार्यक्रममा मुका समिती अन्तर्गत १ सय २१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीको रगत अभाव पुरा गर्न सहयोग गर्नेछ ।

मुख्य कार्यालय समितीका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बैंक, बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली को प्रमुख आथित्य तथा कृषि बिकास बैक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि विकास बैक लि का प्रमुख कार्याकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख सहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्याक्रमको उद्घाटन गर्दै बैंक, बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशसा गर्दै बैक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

मुख्य कार्यालय समितीका सचिव सन्दिप रेग्मीले कार्याक्रम संचालन गरेको उक्त कार्यक्रममा मन्तब्य व्यक्त गर्दै कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले गर्दै संघको यस कार्यक्रमले अस्पतालको वेडमा रगत अभावमा छटपटाईरहेका बिरामीलाई राहत हुने कुरा गर्दै ट्रेड युनियनले संचालन गर्ने सामाजिक कार्यले समाज बँैकमा टे«ड युनियनको गरीमा बृदि गरेको कुरा उल्लेख गरे ।

कृषि विकास बैक कर्मचारी संघ नेपालका मुख्य कार्यालय समिति अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष क्षेत्रीले कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण रक्तदाता, कर्मचारी र ब्यवस्थापकलाई धन्यवाद दिएका छन् ।