नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा


काठमाडौँ
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । बैंकले ग्राहकका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।

युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ ।

यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ । सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकवर्गले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन् ।

इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ ।

यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ । आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जनाएको छ ।