बैतडी।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीबाट उम्मेदवारमा दुई जनाको नाम सिफारिस गरेको छ।
उम्मेदवार सिफारिस जिल्ला कार्यदलले परमानन्द भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम केन्द्रमा सिफारिस गरेको जिल्ला कार्यदलका सदस्य शंकर भण्डारीले बताए ।
भट्ट यसअघि एकीकृत समाजवादी र कुँवर नेकपा माओवादी केन्द्रमा आबद्ध रहेका थिए । पार्टी एकतापछि बनेको नेकपाले भट्ट र कुँवरको नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार छनौट गर्न नरेन्द्र कुँवर, माया भट्ट, शंकर भण्डारी र लालसिंह कार्की रहेको चार सदस्यीय जिल्ला कार्यदल बनाइएको थियो । उक्त कार्यदलले आज दुई जनाको नाम सिफारिस गरेको हो ।
अब केन्द्रले जिल्लामा एकजनालाई उम्मेदवार बनाउने र त्यसपछि पार्टीको चुनावी गतिविधि अगाडि बढाउने तयारी रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीले जनाएको छ ।











प्रतिक्रिया