चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व मन्त्री कुलमान घिसिङसँग यसअघि भएको सहमतिलाई पार्टीको औपचारिक प्रक्रियामार्फत अघि बढाउने तयारी भइरहेको बताएका छन्।
चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले घिसिङसँग सरकारमै रहँदा सहमति भएको स्मरण गराउँदै भने, “सरकारमा रहँदा हामीबीच समझदारी भएको थियो। अहिले उहाँले राजीनामा दिएर आउनुभएको छ, अब सो सहमतिलाई पार्टीभित्र औपचारिक रूपमा अगाडि बढाइनेछ।”
उनले पार्टीका निकायमार्फत आवश्यक प्रक्रिया पूरा गरी सहमतिलाई कार्यान्वयन गर्ने तयारी भइरहेको समेत बताए।
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो। उक्त सहमतिअनुसार घिसिङलाई पार्टी उपसभापतिसहित दोस्रो वरियतामा राख्ने सहमति भएको जनाइएको छ।











प्रतिक्रिया