माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

1.32k
Shares

बैतडी। 

माटोको ढिस्कोले पुरिएर बैतडीकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  डिलाशैनी गाउँपालिका–३ सिमारकी २४ बर्षीया झुपा राना रहेकी छन्। 

 डिलाशैनी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुबीर बोहराका अनुसार  बुधबार आफ्नो घरदेखि १ किलोमिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड भन्ने स्थानमा घर लिपपोतका लागि माटो खन्न गएकी राना माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन् । 

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हाे ।