काठमाडौं।
काठमाडौंको सार्वजनिक बसमा पकेटमारी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बाग्लुङ घर भई हाल काठमाडौंको मित्रनगरमा बस्दै आएका दिपेन्द्र शर्माले यही २३ गते बिहान करिब ११ बजे सार्वजनिक बसमा यात्रा गर्ने क्रममा आफ्नो कालो रङको साइट ब्यागमा राखिएको नगद २ लाख ७५ हजार रुपैयाँ हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
उक्त घटनाबारे अनुसन्धान गर्दै प्रहरीले सोही दिन साँझ करिब ५ बजे पकेटमारीमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय विकास लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद रकमसहित विभिन्न सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया