लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले पाँचतारे होटल सञ्चालन गर्ने


काठमाडौँ
रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नं. ५ मा मिति २०७५ सालदेखि सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड विगत तीन वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन हुँदै आएको छ । आफ्नो सेवालाई थप स्तरोन्नति गर्ने उद्देश्यसहित रिसोर्टले अब म्यारियट इन्टरनेशनल अन्तर्गतको मेरियट म्यारियट रिसोर्ट एण्ड स्पा ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ ।

यो मेरियट इन्टरनेशनल को काठमाडौँ उपत्यका बाहिरको पहिलो र एकमात्र उपस्थिति हुने भएको छ । यस सम्बन्धमा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशनकुमार न्यौपानेलगायत सञ्चालक तथा उच्चपदस्थ पदाधिकारी र मेरियट इन्टरनेशनलका तर्फबाट एसिया–प्यासिफिक क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृत जेरार्ड न्युम्यान, क्षेत्रीय उपाध्यक्ष (रेसोर्ट तथा मिक्स्ड युज एसिया–प्यासिफिक) जेम्स बेन्डर, वरिष्ठ उपाध्यक्ष डेभिड पिटम्यान, उपाध्यक्ष जेम्स रोथ लगायत उच्चपदस्थ अधिकारीको उपस्थितिमा ब्राण्ड लाइसेन्स सम्झौता सम्पन्न गरिएको हो ।

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालकै पर्यटन उद्योगमा बिल्कुलै नयाँ अवधारणा र सुविधासहित सञ्चालन हुने यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र नेचर रिसोर्ट को रूपमा विकास गरिनेछ ।

यस रिसोर्टमा अत्याधुनिक तथा उच्च प्रविधियुक्त नेचर भिल्ला, नेचर स्विमिङ पुल, लक्जरी भिल्ला, थिम बेस्ड रेस्टुरेन्ट, योगा तथा ध्यान केन्द्र, फिटनेस क्लब, नेचर रेस्टुरेन्ट, नेचर स्पा लगायत दर्जनौँ प्रकृतिमैत्री सुविधा उपलब्ध हुनेछन् ।

साथै, विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तन, दिगो विकास, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणलाई विशेष प्राथमिकता दिँदै यस रिसोर्टलाई नेपालकै पहिलो र एकमात्र ग्रीन सर्टिफाइड (जि–क्लब)सहितको सस्टेनेबल लक्जरी रिसोर्ट को रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस अन्तर्गत वातावरण संरक्षण, ऊर्जा बचत, न्यून प्रदूषण र दिगो विकाससम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरिनेछ ।

त्यसैगरी प्राकृतिक मानव स्वास्थ्य र नेचुरल थेरापी लाई प्रवद्र्धन गर्दै यो रिसोर्टलाई नेपालकै पहिलो नेचुरल वेलनेस लक्जरी रिसोर्ट का रूपमा विकास गरिने योजना रहेको छ । खेल पर्यटनको प्रवद्र्धनका लागि एकै छानामुनि नेपालमा खेलिने प्रमुख खेलका लागि आवश्यक अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको नेपालकै पहिलो मल्टि–स्पोट्र्स लक्जरी रिसोर्ट निर्माण गरिनेछ ।
शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनी र नेपालको सांस्कृतिक सम्पदाको प्रवद्र्धनका लागि रिसोर्टभित्र बुद्ध थिम पार्क, लोकल कल्चर, हेरिटेज शो, स्पिरिचुअल जोन, कल्चरल सेन्टरलगायतका संरचनाको अद्भुत संयोजन रहनेछ ।

पूर्ण सञ्चालनमा आएपछि आतिथ्य, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन लगायत विश्व पर्यटनका विविध अनुभव लिन चाहने पर्यटक, अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, विवाह तथा विशेष समारोहका लागि यो रिसोर्ट नेपालकै पहिलो र उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ ।

यस लक्ष्यलाई मूर्तरूप दिन होटल व्यवस्थापन क्षेत्रमा करिब २७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका एन्थोनी म्याकडोनाल्डलाई एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट – अपरेसन एण्ड एसेट म्यानेजमेन्ट को रूपमा व्यवस्थापन प्रमुख नियुक्त गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विज्ञहरूलाई ब्राण्ड एसेट म्यानेजमेन्ट कन्सल्टेन्टको रूपमा समेत नियुक्त गरिएको छ ।

स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग, पर्यटन प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने उद्देश्यसहित रिसोर्टलाई देशकै नमुना गन्तव्यका रूपमा स्थापित गर्ने योजना रहेको छ । साथै, कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि आवश्यक तयारीसमेत अघि बढाइसकेको जनाएक