काठमाडौँ ।
ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा अवस्थित भोटेकोशी हेली रिसोर्ट तथा स्पा प्रालिसँग आफ्ना ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकले रिसोर्टमा उपलब्ध सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । भोटेकोशी क्षेत्रको मनमोहक प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार तथा उत्कृष्ट आतिथ्य सेवाका कारण यो रिसोर्टले ग्राहकको मन जित्दै एक विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।
संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै समाजप्रति उत्तरदायी भूमिकामा क्रियाशील यस विकास बैंकले नवीन सोचका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्य लिएको छ । समस्त नागरिकको जीवनस्तर उज्यालो बनाउने उद्देश्यलाई सदैव प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सकारात्मक परिवर्तनको ज्योति बन्ने अठोटप्रति बैंक प्रतिबद्ध रहेको छ । बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशतभन्दा बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै समाजप्रति थप जिम्मेवार संस्था बनेको छ ।
स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ ज्योति विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवन रक्षा गर्ने उद्देश्यले चालेका पहल उल्लेखनीय रहेका छन् । बैंकको योगदानबाट ७० वटा न्यानो नानी उपकरणमार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा हुन सफल भएको छ । जीवन रक्षाजस्ता अतिप्रमुख सामाजिक क्षेत्रमा नेपालका बैंक तथा वित्तीय संस्था मध्ये अग्रणी भूमिका निर्वाह गर्दै यस बैंकले समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गरिरहेको छ ।
यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूरा गर्दै गएको आर्थिक वर्षमा ४१ करोड रुपियाँ कर योगदान गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा स्वचालित टेलर मेसिन मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया