नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर


काठमाडौँ
सुजल डेरीले नेपालमा पहिलो पटक डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फूल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ । यो उत्पादन अब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ ।

डिलाइट डेरी प्राइड सजिलै मन तातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ । यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्छ । प्रिमियम गुणस्तरको यो इन्स्ट्यान्ट फूल क्रिम मिल्क पाउडर आवश्यक पोषक तत्वहरूले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पु¥याउँछ। चिनी रहित भएको कारण, यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प हो ।

डिलाइट डेरी प्राइड ले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सिएम, प्रोटिन, भिटामिन ए, भिटामिन डीजस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ । यी पोषक तत्वले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

आजको व्यस्त जीवनशैलीमा समयको अभावका कारण सन्तुलित दैनिक पोषण चुनौतीपूर्ण बनेको छ । सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्दछ ।

डिलाइट डेरी प्राइड को आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ । मस्टराइज प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदा सजिलै चिन्न मद्दत गर्दछ ।

डिलाइट डेरी प्राइड को स्वादिलो दूध बनाउन, १८० मि.लि. मन तातो पानीमा २५ ग्राम (तीन चम्चाभर) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउनुहोस् । डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फूल क्रिम मिल्कले केवल छिटो दूध तयार गर्नका लागि नभई, दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ । यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेसेर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ ।

डिलाइट डेरी प्राइड ताजा दूधबाट बनाइन्छ, जुन स्थानीय फार्मबाट सङ्कलन गरिन्छ । उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ। डिलाइट डेरी प्राइड अब १ केजी प्याकमा २ हजार १ सय मूल्यमा उपलब्ध छ ।