महामन्त्री थापाद्वारा क्रियाशील सदस्यता समितिको बैठक आह्वान


काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन्।

महामन्त्री थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्री कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन्। साेमबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब बढेकाे छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।