काठमाडौ ।
इलाममा हालैको बाढी र पहिरोबाट विस्थापित परिवारका लागि सरकारले तत्काल अस्थायी आवास निर्माणको तयारी थालेको छ। गृह सचिव रामेश्वर दंगालका अनुसार स्थायी आवास तीन तहको सरकारको समन्वयमा निर्माण गरिनेछ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध मेची राजमार्ग भोलिसम्म सञ्चालनमा ल्याइने जनाएका छन्। भौतिक योजना मन्त्री कुलमान घिसिङले इलाम–१० मा नयाँ पक्की पुल र विकल्प मार्गको योजना अघि बढाइएको बताए।
सरकारले राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनाको योजना पनि बनाउँदै लगेको जनाएको छ।











प्रतिक्रिया