साफ यू–१७ फुटबलमा नेपाल आज बंगलादेशसँग भिड्दै


काठमाडौं ।

साफ १७ वर्षमुनि फुटबल प्रतियोगितामा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ ।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । मंगलबार भारतले माल्दिभ्सलाई ६–० तथा पाकिस्तानले भुटानलाई ४–० गोलले हराउँदै तीन–तीन अंक जोडेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।