हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा


काठमाडौँ
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरअन्तर्गतको महाउपहार विजेता घोषणा गरेको छ ।

बम्पर पुरस्कारस्वरूप ‘हुन्डाई भेन्यु १.२’ कार कुवेर कन्स्ट्रक्सन प्रालिले जितेको हो । दशैं–तिहारको अवसर पारेर भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालन गरिएको यो अफर हुन्डाई नेपालकै सबैभन्दा लोकप्रिय योजनामध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ

अफर अवधिभर ग्राहकले नगद छुट, १ लाख रुपियाँसम्मको स्क्र्याच कार्ड, १ वर्षको सडक कर, कज्ञिप्रहेन्सिभ बीमा तथा एक्सचेन्ज बोनसजस्ता आकर्षक सुविधा पाएका थिए ।

बम्पर विजेताको घोषणा साउन १५ गतेमा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो । उपहार घोषणा कार्यक्रममा कन्स्युमर आई नेपालका अध्यक्ष विमल खनाल संयोजक रहेको प्यानलको उपस्थितिमा विधिवतरूपमा विजेता सार्वजनिक गरिएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले भव्य पुरस्कार जित्न सफल कुवेर कन्स्ट्रक्सनलाई बधाई दिँदै यो अफरमा सहभागी भएका सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ ।