यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न


काठमाडौँ
यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–बी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ ।

एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिले सहभागिता जनाएका थिए ।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए। यस सेसनले सहभागीलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो ।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए । कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दीपककुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे ।