बतास एमएडब्ल्यूलाई भोल्भो आइसरको ’सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ अवार्ड


काठमाडौँ
नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री तथा सेवा वितरण गर्दै आएको बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स (बिएमबिभी)ले भोल्भो आइसरको ’सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’को उपाधि प्राप्त गरेको छ ।


१६ देखि २० जुलाईसम्म मलेसियामा आयोजित वार्षिक अन्तर्राष्ट्रिय डिलर सम्मेलनमा भोल्भो आइसर कमर्सियल भेहिकल्स (भिइबिभी) का एमडी तथा सीईओ विनोद अग्रवालबाट यो अवार्ड प्रदान गरिएको हो । बिएमबिभी तर्फबाट एमएडब्ल्यू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिक र बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतासले अवार्ड ग्रहण गरेका थिए ।


भिइबिभी को दक्षिण एसियाली बजारलाई विशेष महत्त्व दिइने क्षेत्रको रूपमा चिनिन्छ । त्यही क्षेत्रभित्र नेपालका लागि गरिएको मूल्याङ्कनमा बिएमबिभी ले बिक्री, बिक्रीपछिको सेवा, बजार हिस्सा लगायत विभिन्न सूचकमा उत्कृष्टता देखाउँदै अग्रस्थान हासिल गरेको बताइएको छ । निर्णायक मण्डलमा भिइबिभी का १० जना विज्ञ रहेका थिए ।


नेपालमा भोल्भो आइसरका साना, मध्यम तथा भारी सवारी साधनहरू सञ्चालनमा छन् । हालै सार्वजनिक गरिएको प्रिमियम लक्जरी कोच ’म्याजेस्टिक’ले समेत नेपालमा उत्साहजनक बिक्री देखाएको कम्पनीले जनाएको छ ।


नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री तथा सेवा वितरण गर्दै आएको बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स (बिएमबिभी)ले भोल्भो आइसरको ’सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’को उपाधि प्राप्त गरेको छ ।