एएफसी महिला एसियन कप छनोट : पहिलो हाफमा नेपाल १–३ गोलले पछि


काठमाडौँ।

एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपाल ३–१ ले पछाडि परेको छ । उज्बेकिस्तानको टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेको हो ।

यसअघि नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले २५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी थिइन् ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको थियो । त्यस्तै खेलको ११ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल थप्यो ।

आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ ।