काठमाडौं।
नेपालले एसीसी यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ । नेपालले शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराएको हो । जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गरेको थियो ।
नेपालका लागि ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए । लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए । तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो।
चौथो विकेटको रूपमा प्रसिद्ध जैसी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए । शुभम खनाल १९ रनमा, सचिन भट्ट १ रनमा र विपिन प्रसाद शर्मा आठौं विकेटको रूपमा शुन्यमा आउट भए । ९२ रनको लागि ८ विकेट गुमाउनु नेपालमाथि दबाब बढेको थियो ।
नेपालले जित्न अझै २२ रनको आवश्यक थियो । तर, जोय थापा २४ र अभय यादव १० रनमा नटआउट रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहेका थिए । बलिङमा कापिस भेन्कटरमन विकेट लिङदस युभान पाण्डेले २ विकेट लिए ।
त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा अल आउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले १५ रन जोडे । वेदान्स गुप्ता १२ रनमा नटआउट रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए । नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया