यामाहाले स्थापनाको ७० औं वार्षिकोत्सव नेपालमा विविध कार्यक्रमसहित मनायो



काठमाडौं
यामाहा नेपालले ‘यामाहा डे’ को अवसरमा ७० औं वार्षिकोत्सव अर्थपूर्ण कार्यक्रमहरूमार्फत मनाएको छ । ‘पुरानोलाई नयाँसँग जोड्दै’ भन्ने विश्व थिमअनुसार नवप्रवर्तन, उत्साह र उत्कृष्टताको लामो यात्रालाई सम्झिएको हो ।
नेपालमा एमएडब्लु फाउन्डेसनको संयोजनमा रक्तदान, वृक्षारोपण, वृद्धाश्रममा सहयोग, मोटरसाइकल यात्रा, सडक सुरक्षा तालिमजस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भए । देशभरका शोरूमहरूमा केक काट्ने कार्यक्रमले ग्राहक, साझेदार र कर्मचारीलाई एकत्रित गर्यो ।
एमएडब्लु ग्रुप अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहासँगको ४० वर्षे साझेदारीलाई गर्वको विषय बताउँदै, यामाहाले नेपाली बजारमा नवप्रवर्तन, जोश र विश्वसनीय सवारी साधन उपलब्ध गराउँदै आएको बताउनु भयो ।
यामाहाका रे जेडआर १२५ एफआई हाइब्रिड, आर१५ भी४, एमटी–१५ भी२, एफजेड भी३, एयरोक्स १५५ लगायतका मोडलहरूले उच्च माइलेज, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत नेपाली उपभोक्ताको मन जितिरहेका छन् । यी सबै सवारी साधन उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका हुन् ।

एमएडब्लु राइड्सअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल हाल देशकै भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्डको रूपमा परिचित छ, जसले गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिमा निरन्तर ध्यान दिँदै आएको छ ।