एजेन्सी
पुरुषतर्फको फिफा क्ल विश्वकप सन् २००० देखि शुरु भएको हो । तर २००१ देखि २००४ सम्म भने यो प्रतियोगिता आर्थिक कठिनताका कारण आयोजना हुन सकेन । यसपछि २००५ देखि भने लगातार वर्षमा आयोजना भइरहेको थियो । फेरि एकपटक २०२४ मा यस प्रतियोगिताले विश्राम लियो र हाल २०२५ मा अमेरिकामा यस प्रतियोगिता आयोजना भइरहेको छ ।
क्लब विश्वकपबारे केही तथ्यहरू
-हालसम्म स्पेनी ला लिगा क्लब रियल मेड्रिडले सर्वाधिक ५ पटक उपाधि जितेको छ ।
-लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्ने मात्र एक टोली रियल मेड्रिड नै रहेको छ ।
-रियल मेड्रिडले २०१६ देखि २०१८ सम्म लगातार उपाधि जितेर उपाधिमाथि ह्याट्रिक गरेको हो ।
-हालसम्म गरी २१ संस्करण आयोजना हुँदा जापानमा ८ पटक, यूएईमा ५ पटक, कतारमा २ पटक र साउदी अरेबियामा एक पटक गरी एसियामा १६ पटक आयोजना भएको छ ।
-यस प्रतियोगिता अहिलेसम्म युरोपमा आयोजना भएको छैन ।













प्रतिक्रिया