बाजुरा।
हिमाली गाउँपालिकाको एम्बुलेन्स धुलाचौरवाट कच्ची बाटो छिचोल्दै बिरामी लिन पाँणी गाउँजांदै थियो । एम्बुलेन्स धिम गाउँको शिवपार्वती मन्दिर परिसरमा पुग्नै लागेको थियो। गाडीको ढोका नखोल्दै परबाट हातदिदै एक जना युवक गाडी नजिक आए । उनले भने यो गाडी कहाँसम्म जाने हो ? उनी निन्याउरो मुद्रामा थिए । बोली नटुङ्गिँदै उनले फेरी ड्राईभरलाई सोधे यो गाडी पाँणी जान्छ ? ड्राइभर प्रकाश थापाले स्वीकारे हो, पाँडी जाने हो ? त्यहाँबाट बिरामी बोकेर फर्किनु पर्ने हुँदा उनी हतारमा थिए । ड्राइभरको भन्दा छटपटी ती युवकको देखियो । किन कि घट्ट नपिसे बेलुकी छाक टार्न समस्या । त्यसको तत्काल समाधान भनेको एम्बसलेन्सको प्रयोग गर्नु थियो । उनी हिमाली गाउँपालिका वडा नं ६ धिमका निवर्तमान वडाध्यक्ष सुरेन्द्र बहादुर मल्ल हुन् ।
एम्बुलेन्सले त बिरामी बोक्छ खाद्यन्न त बोक्दैन नि भन्ने जिज्ञासा प्रति मल्लले भने घट्ट पिस्न नपाए भोकभोकै बस्नु पर्छ । भोकै भए हामी पनि बिरामी हुन्छौं । पछि बिरामी बोक्नु भन्दा अहिले गेडा ओसारे राम्रो उनको कथन थियो । उनको अनुरोध ड्राइभर थापाले अस्वीकार गर्न सकेनन् गेडा थमाई छोडे । उनले भने यो नासो पाँणीका घट्टसम्म छोडिदिनु ।
धिम गाउँमा पानीघट्ट अभावका कारण घट्ट पिस्नकै लागि प्राय छिमेकी गाउँमा नासो लगाएर पठाउने धिमालको दिनचर्या बनेको छ । निवर्तमान वडाध्यक्ष मल्लले भने तिन दिन भयो धिममा घट्ट पालो पाइएन । हिँडेर पाँडी जाँन चार घण्टा लाग्छ । मल्लले भने एम्बुलेन्स नै तत्कालका लागि अन्तिम विकल्प हो ।
धिमबाट पाँणी करिब १२ किलो मिटर टाढा छ । त्यो पनि उकालो लेक काटेर जानु पर्ने । मल्ल हत्तपत्त घर गए। सानो कुटिरो लिएर फर्किए । गाडीमा कुम्लो राख्दै भने । यो कुम्लो लिएर आफन्तकोमा छोडिदिनु भोलि घट्ट पिसेर यता पठाई देऊ भन्नुपर्ला । दुर्गम गाउँ भएपनि टेलिफोनले भने राम्रो कामगर्दो रहेछ । उनले आफन्तलाई “ फोन गरेर सुनाए, गाडीमा गेडा पठाएको छु भोलिसम्म पिसेर यता पठाई दिनु । नभए म आफै पनि पुगौंला” शुरेन्द्रले भने । गाउँमा खानेपानी , बिजुली सडक सञ्जाल र टेलिफोन पुगेको छ । तर पानी श्रोत अभावले युगौं देखि पानीघट्टको समस्या छ । विजुलीसंगै कुटानी पिसानी मिलको आवस्यक छ उनको भनाई छ । ड्राइभर थापाले भने बिरामी वोक्ने एम्बुलेन्स दुर्गममा त के के बोक्नु पर्छ पर्छ ।
धिमकी झुपु लवारलाई पनि घट्ट पिस्न तिन घण्टा पैदल हिँडेर छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका रिगा जान बाध्यता छ । झुुपुले भनिन् “ ”बुहारीले दुहुकी ( दुईवर्षीया)नातीनी र कुम्लो बोकेर घट्ट पिस्न रिगा पुगिन् । रिंगामा पनि घट्ट पालो नपाईने एकरात घट्ट मै बस्नु पर्ने बाध्यता छ । वालवालिका लिएर त्यो पनि राती घट्टको वास जोखिम छ । ”उनले भनिन् । अहिले गाडी पुगेर केही सहुलियत त भएको छ । तर,गाडी सबैको पहुँचमा छैन । दुईसय पचास रुपैयाँ जान दुईसय पचास गरी पाँच सय रुपियाँ भाडा लाग्छ । खाना नास्ता अरु तिन सय रुपियाँ खर्च हुन्छ झुपुले भनिन् । तिस के.जी गहुँको गाउँमा नौ सय रुपैंया पर्छ । अनाज भन्दा घट्ट पिस्न महँगो छ उनले थपिन् ।
धिमलाई उनी शहर भनेर सम्वोधन गर्छिन्। “यही शहरमा पानीघट्ट छैन,भएका घट्टले धिमका पाँच सय बढी परिवारलाई धान्न सक्ने क्षमता छैन उनले थपिन् । सुरेन्द्र र झुपु त गाउँका एक प्रतिनिधि पात्र मात्र हुन् । सिंगो धिमाललाई घट्टकै समस्या छ ।
धिमका पाँच सय बढी परिवारलाई सीमित पानीले खेतको सिँचाइ र घट्ट चलाउन मुस्किल छ स्थानीय गजेन्द्र मल्लले भने । शुख्खा खडेरीले पानीका मुहान सुक्दै गए दिनभर सिंचाइमा प्रयोग गरिन्छ रात घट्टका लागि प्रयोग गर्नुपर्छ । धिमगाउँको तल नाफी भन्ने ठाउँमा चार पाँच घट्ट छन् । थोरै पानीले सिँचाइ र घट्ट धान्न मुस्कील छ । तिन महिना भयो धिममा पानी परेको छैन । पाखोबारी डढी सक्यो खेतको विउ पराल भयो । पानी अभावले धिमाललाई बाहै्रमास घट्टको समस्या छ,आईन एफ नेपालकी सामाजिक कार्यकर्ता पुल्तीसरा रोकायाले भनिन् । “ धिमालको केही हद्सम्म समस्या समाधन गर्न आइएन एफ नेपालले नाफीमा हालै एक थान सुधारिएको पानी घट्ट बनाउँदै छौं । आइएन एफ नेपाल बाजुराका प्रमुख खेमराज मिश्रले भने । त्यतिले धिमालको समस्या समाधान हुंदैन। बिजुली पुगेसंगैं त्यहाँ कुटानी पिसानी मिलको आवस्यक छ । जनताको आवस्यकता महशुस गर्दे आगामी वर्षका लागि हामी प्रक्रिया अगाडी बढाउने छौं” कार्यालय प्रमुख मिश्रको भनाई छ ।
हिमाली गाउँपालिकाले धिम गाउँमा सडक पु¥याएको छ । करिब तिन करोड रुपैंया खर्च गरी खानेपानी पुर्याएको छ । कुवाडी खोलाको बिजुली धिम पु¥र्याएको छ । झिनीमा टेलिफोन टावर बनाएको छ । विगतमा पिउने पानीका लागि रातभर लाईन कुर्नुपथ्र्याे अहिले त्यो समस्या समाधान भएको छ ,टेलिफोन गर्न अग्लो रुखको टुप्पामा चड्नु पथ्र्यो झिनीमा टावर वनेसंगै टेलिफोन समस्या समाधान भएको छ । गाउँमा बिजुली पगेसंगै अव कुटानी पिसानी मिलको खाँचो छ । गाउँमै कुटानी पिसानी मिल भए घट्ट पिस्न पनि एम्वुलेनस हारगुहार गर्नु पर्ने बाध्यता अन्त्य हुने थियो , धिमका राज बहादुर अयडीको भनाई छ ।
प्रतिक्रिया