यामाहा ब्लू फेस्ट आजदेखि १७ गतेसम्म लगनखेलमा, सवारी साधन साटासाटको उत्सवमा विशेष अफर


काठमाडौँ
नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी साधन साटासाट महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आज असार १२ गतेबाट लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु गरिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणलाल अवाले तथा एमएडब्लु राइड्सका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै मोटरसाइकल सहज रूपमा साट्न सकिने व्यवस्था गरिएको छ । सहभागीले पुराना सवारी साधन उत्कृष्ट मूल्याङ्कन र विभिन्न आकर्षक अफरसहित यामाहाको नयाँ मोटरसाइकल वा स्कुटरमा साट्न सक्नेछन् ।
यस ब्लू फेस्टमा यामाहाले निम्न विशेष सुविधा र अफरहरू उपलब्ध गराएको छ । जुनसुकै ब्रान्डका जुनसुकै बाइक साट्न मिल्ने, यामाहा ब्रान्डमा न्यूनतम ५०,००० रुपैयाँको मूल्याङ्कन तथा अन्य ब्रान्डमा कर चुक्ता अनिवार्यसहित २५,००० रुपैयाँको न्यूनतम मूल्याङ्कन गरिएको छ। साथै, साटासाट गर्दा थप १०,००० रुपैयाँ बोनस, ६,००० रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसरी तथा आर्थिक वर्ष २०८२÷८३ को सडक कर निःशुल्क रूपमा तिर्ने व्यवस्था गरिएको छ ।