काठमाडौं
नेपालका लागि ओमोदा र जिकु सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ । यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले नयाँ ओमोदा वा जिकु विद्युतीय सवारीसाधन खरिद गर्दा १ वर्षका लागि शून्य प्रतिशत ब्याजदर पाउनेछन् । साथै ग्राहकहरूले पुरानो गाडी सटही गर्दा विशेष बोनस तथा आकर्षक नगद छुटसमेत प्राप्त गर्नेछन् । योजना असार ११ गतेदेखि देशभर लागू भएको हो ।
योजनाअनुसार, ग्राहकहरूले जम्मा २० प्रतिशत अग्रिम रकम तिरेर नयाँ सवारीसाधन खरिद गर्न सक्नेछन्, भने बाँकी ८० प्रतिशत रकम सहज किस्ताबन्दीमार्फत तिर्न सकिनेछ। यसले नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय रूपमा सहजता प्रदान गर्नेछ । थप रूपमा, ग्राहकहरूलाई एक वर्षको निःशुल्क अटो प्लस बीमा सेवा उपलब्ध गराइनेछ। साथै, सात किलोवाट क्षमताको घरमै जडान गर्न मिल्ने एसी चार्जर पनि निःशुल्क दिइनेछ ।
ग्राहकलाई दीर्घकालीन भरोसा मिलोस् भन्ने उद्देश्यले कम्पनीले मोटर र ब्याट्रीमा आठ वर्षको विस्तारित ग्यारेन्टी पनि प्रदान गर्नेछ । साथै, विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहने ग्राहकहरूका लागि यो योजना विशेष अवसर बनेको छ, जसले आधुनिक प्रविधियुक्त, वातावरणमैत्री तथा कम सञ्चालन खर्च हुने सवारीसाधन प्रयोगमा प्रोत्साहन पु¥याउनेछ ।
ग्राहकहरूले आफ्नो पुरानो कुनै पनि ब्रान्डको गाडी सटही गरी ओमोदाको ‘ई५ लक्ज’ वा ‘डिलक्स’ मोडेल, साथै जिकु ‘जे६’ मोडेलमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।











प्रतिक्रिया