टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


काठमाडौं ।

 नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ।

विस्तृत आउन बाँकी छ ।