ढल्केबर सबस्टेसनमा समस्या देखिदा उपत्यकासहित देशैभर विद्युत अवरुद्ध


काठमाडौं।
काठमाडौँ उपत्यकासहित देशभर आज आकस्मिक रूपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, यस अवरोधको मुख्य कारण ढल्केबर सबस्टेसनमा देखिएको समस्या हो।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिएअनुसार, ढल्केबर लाइनमार्फत भारतबाट दिउँसो विद्युत आयात गरिँदै आएको छ। तर, आज उक्त लाइनमार्फत बिजुली आपूर्ति अवरुद्ध हुँदा देशभित्रैको लाइनमा असर परेको हो।

“भारतबाट आउनुपर्ने विद्युत रोकिँदा, हामीकहाँ आन्तरिक रूपमा सप्लाइ भइरहेका लाइनहरूमा समेत असर पुग्यो,” शिल्पकारले भने, “सबै क्षेत्र अन्धकारमा जानुको मूल कारण यही हो।”

हाल समस्या पहिचान गरी पावर सप्लाइ पुनः सञ्चालन गर्ने काम जारी रहेको प्राधिकरणले जनाएको छ।