काठमाडौं।
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ घटाउने निर्णय भएको हो।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ। यो मूल्य बिहीबार राति १२ बजेबाट लागू हुनेछ।

प्रतिक्रिया