सुनको मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्दै १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले सुनको मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।

चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । सोमबार १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।