· परीक्षा हुन्छ, अन्य विषयमा केही बोल्दैनौ
· आन्दोलनको मोडालिटी परिवर्तन , मागको सुनुवाई नभए आमरण अनसन बस्ने सम्मको तयारी
काठमाडाैं ।
नेपाल शिक्षक महासंघले भोली सडकमै मे दिवस मनाएपछि कक्षा १२ को परीक्षामा सहयोग गर्न परीक्षा केन्द्र कायम भएका विद्यालय फर्कने भएका छन् ।
उच्चस्रोतका अनुसार महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्दै सो निर्णय गर्ने तयारी गरेका छन् । भोली मजदुर दिवस मनाउछौ, लगत्तै २१ गतेबाट शुरुहुने कक्षा १२ को परीक्षामा सहभागि हुन शिक्षक विद्यालयजानेछन‘–स्रोतले न्युज अफ नेपालसंग भन्यो ।
सरकारको भन्दापनि अभिभावक र शिक्षककै दवाव थेग्न नसकेर परीक्षा सञ्चालन गर्ने निर्णय महासंघले गरेको हो । महासंघले शुरु गर्न लागेको नया मोडालिटी अनुसार केही शिक्षक र कार्यसमितिका पदाधिकारीको उपस्थितिमा सडक आन्दोलन जारी रहनेछ । त्यस बाटपनि सुनुवाई नभए आमरण अनसन बस्ने सम्मको कार्यक्रम तय हुने सम्भावना छ– आन्दोलनरत महासंघका एक सदस्यले भने ।
उहाका अनुसार आज सरकारसंग बस्ने वार्ताको अवस्थाको आधारमा थप निर्णय गर्नेछौ । महासंघ आबद्ध शिक्षकले परीक्षा स्थगित गर्न नहुने तर्क राखेपछि परीक्षा सञ्चालन गर्ने निर्णय महासंघले गरेको हो । सरकारले हाम्रो मागप्रति वेवास्ता गरे थप आन्दोलन घोषणा गर्ने तयारीमा रहेको महासंघले आजको बैठकमा माग पुरा गर्न दवाव दिनेछ ।
निर्णायक वार्ताबाट समस्या समाधान नभए आन्दोलनलाई थप कडा बनाउने तयारी गरेको महासंघले २९ अँै दिनबाट आन्दोलन जारी राखेका छन् । महासंघको बटमलाइन ९ बुँदे निर्णय मन्त्री परिषदबाट पास गर्ने र शिक्षा ऐन जारी गर्न सबैदलका प्रमुख सचेतकले सुनिश्चितता गर्नुपर्ने मुख्य माग छ । सचेतकले हस्ताक्षर गरी प्रतिबद्धता जनाउने र ९ बुँदे कार्यान्वयन गर्नुपर्ने महासंघको बटम लाईन हो ।
नौ बुदे मागमा शिक्षक–कर्मचारीको स्वास्थ्य उपचारका लागि सातओटै प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यबस्था गर्ने, राहत,अस्थायी र करार, साविक उमावि, सिकाइअनुदान, प्राबिधिकधार र विशेष शिक्षा, बाल विकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको विरामीबिदा सञ्चित हुने र त्यो वापतको रकम अवकाशको बखत एकमुष्ठ प्रदानगर्ने,बाल विकास शिक्षक र विद्यालय कर्मचारी लेखापाल को लागि खरिदार सरह दरबन्दी कायम गरी सो पद वमोजिम प्रतिमहिना ३२,९०२ र कार्यालय सहयोगी हकमा श्रेणीविहिन कर्मचारी सरहप्रति महिना रकम २६०८२ उपलब्ध गराउने सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने लगायत छन् ।
त्यस्तै संस्थागत विद्यालयका शिक्षक र कर्मचारी र सामुदायिक विद्यालयका निजीस्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्थागर्ने, नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेस गर्ने, यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षक सँगै रहेका छन् । सोमबार मध्यरातमा महासंघका अध्यक्षले महासंघको निर्णयको विषयमा जानकारी गराएको थियो ।
२९ दिनदेखि गरेको आम शैक्षिक हड्तालको कारण ५५ लाख विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् । भने ५ लाख विद्यार्थी कक्षा १२ को परीक्षा कुरिरहेका छन् । करिब ३५ हजार सामुदायीक विद्यालय ठप्प छन् । महासंघको माग पुरा गर्न प्रतिपक्ष दल माओवादी केन्द्र सहित विपक्षी सबैदलले माग गरेका छन् । प्रतिनिधि सभाको हिजोको बैठकमा शिक्षक महासंघको विषय उल्लेख नगरेपछि प्रतिपक्षदलले आपत्ती जनाएको थियो ।
प्रतिक्रिया