पूर्व सूचना आयुक्त समाज गठन


काठमाडौं ।

पूर्व सूचना आयुक्तहरुले आपसी अनुभव, दक्षता र क्षमताको सदुपयोग गर्दै सूचना अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि पूर्व सूचना आयुक्त समाज गठन गर्ने निर्णय गरेका छन्।

समाजको उद्देश्य सूचना अधिकारको क्षेत्रमा निरन्तर सक्रिय रहनुका साथै सम्वद्ध पक्षलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्नु रहेको छ।

यस कार्यका लागि आयोजित बैठकमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा र महेन्द्र मान गुरुङ, साथै पूर्व सूचना आयुक्तहरू श्री आचार्य, सविता भण्डारी, किरण कुमार पोखरेल, कमला ओली र रत्न प्रसाद मैनाली सहभागी थिए।

यस वर्षका लागि पूर्व प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

Skip This