काठमाडौं
काठमाडौँको भृकुटीमण्डपमा एक हप्तासम्म सञ्चालनभएको दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ सम्पन्न भएको छ । नेपालको सबैभन्दा ठूलो दाबी गरिएको उक्त मेला सुरुमा चैत्र २८ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएपनि मोटरसाइकल÷स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो ।
यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएको मेला आयोजक एबं यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडबलु राइड्सले जनाएको छ ।
मेलाको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसन राखिएको थियो । सहभागीहरूले एनएसएल सिजन ३ मा यामाहाको टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए ।
कम्पनीका अनुसार, ब्लू फेस्ट समापन भए पनि यामाहाको “थ्रिल अफ थ्री“ योजना नेपालभरका सबै यामाहा डिलरशिपहरूमा लागु भइरहेको छ ।
मेलमा कुनै पनि ब्रान्डका बाइक साटफेर गर्दा ग्राहकले आफूसंग भएको यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार मूल्यांकन पाएका थिए । त्यस्तै, अन्य कुनै पनि ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, यामाहा थ्रिल अफ थ्री योजना अन्तर्गत १ लाखसम्म छुट, थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १ हजार जित्ने अवसर प्रदान गरिएको थियो ।











प्रतिक्रिया