काठमार्डौं
सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारिरीक सुगठन शिक्षालय अन्तर्गत नेपाल एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपिएफ महिन्द्रा स्पोट्र्स अवार्ड २०८१’ सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौँ हलचोकस्थित नेपाल एपिएफ क्लबको कृष्णमोहन स्मृति भवनमा आयोजना गरिएको कार्यक्रममा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्री हेड चैतन्य कागलकार, अग्नी ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठ, मिडियाकर्मी, खेलाडीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले अवार्डको माध्यमबाट खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पु¥याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वको कदर तथा सम्मान गर्ने उद्देश्य आफूहरुको रहेको बताउनु भयो । यस वर्ष सुरू भएको यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर रहने उहाँले बताउनु भयो ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिएको छ । जनही ५० हजारको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’को उपाधी र सम्मान पत्र हस्तान्तरण गरियो । गृहमन्त्री लेखकले उक्त उपाधि तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
२५ हजारको नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गरियो । युवा तथा खेलकुदमन्त्रीले तेजुलाल चौधरीले उनलाई सम्मान गरेका हुन् ।
त्यसैगरी २५ हजार नगद पुरस्कारसहित महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गरिएको छ । ‘एपिएफ महिन्द्रा टिम अफ द यियर २०८१’ उपाधी सहित रू. ५० हजार नगद पुरस्कारबाट एपिएफ महिला फुटबल टिम सम्मानित भएको छ ।
‘एपिएफ कोच अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ कोच अफ द यियर २०८१ – महिला’को अवार्ड र जनही नगद रू. २५ हजार पुरस्कारबाट क्रमश फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गा देवी अधिकारी सम्मानित भएका छन् । ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – महिला’को अवार्डसहित जनही रू. २५ हजार नगद पुरस्कारबाट अवार्डबाट क्रमश यु–१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।
नेपाल एपिएफ क्लबका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडीहरूलाई ‘एपिएफ आइजिपि कमेन्डेसन’को रूपमा कदर पत्र, तथा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई कदर पत्र सहित मायाको चिनो हस्तान्तरण गरियो ।
खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन तथा विकास गर्दै नेपाली खेलकुदको क्षेत्रमा योगदान पु¥याउन सफल एपिएफ क्लबद्वारा खेलाडीहरूलाई प्रोत्साहनस्वरुप यो अवार्ड आयोजना गरिएको अग्नी ग्रुपले जनाएको छ । अग्नि ग्रुप महिन्द्रा नेपालले नेपाली खेलकुदको विकास तथा प्रवद्र्धनमा विभिन्न प्रायोजन तथा सहकार्यमार्फत विगत दस वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ग्रुपको यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै अग्नि ग्रुपले एपिएफ क्लबसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया