हुन्डाईले नेपालमा सार्वजनिक गर्यो‘क्रेटा ईभी’ र ‘मेड इन क्रेटा आईसीई’


काठमाडौं
नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘क्रेटा ईभी’ तथा नेपालमा बनेको ‘आईसीई क्रेटा’ सार्वजनिक गरेको छ । सोमबार होटल सोल्टीमा कार्यक्रम आयोजना गर्दै कम्पनीले नयाँ गाडी सार्वजनिक गरेको हो ।
‘चुज योर फ्युचर’ को थिमसहित हुन्डाईले नेपालले क्रेटा इलेक्ट्रिक र आइसीई दुवै मोडेल उपलब्ध गराएको जनाएको छ ।


क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ । सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा तुलना गर्दा यो ९ लाख रुपैयाँसम्म कम हो ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदतू पार्क ते यङको विशेष उपस्थिति थियो । हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको थियो ।


हुन्डाई नेपालले इकोसिस्टम विकासमा पनि अगाडि बढ्दै आफ्नै चार्जिङ नेटवर्क ‘रि–ल्याक्स’ मार्फत डीसी चार्जिङ नेटवर्क निर्माण गरिरहेको जनाएको छ । जसमा रिपेयर सप पनि समाहित हुनेछन् ।


कम्पनीले ब्याट्री रिसाइक्लिङ र रिसेड्युल भ्यालु म्यानेजमेन्टका लागि एट्टेरो इन्डियासँग सहकार्य गरेको जनाएको छ ।