राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व लिङ्देनले गर्ने


काठमाडौं ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने भएको छ । मंगलबार धुम्बाराहीस्थिति केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व राप्रपा र अध्यक्ष लिङ्देनले गर्ने निर्णय गरेको हो ।

बैठकमा आन्दोलनको नेतृत्व तथा समसामयिक राजनीतिक परिस्थिति, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका मागलाई समेत आन्दोलनमार्फत मुखरित गर्ने निर्णय बैठकले गरेको छ ।

राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रम तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा बस्ने र आन्दोलनका आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।