काठमाडौँ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता तीव्र बनाउन आग्रह गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आर्थिक वर्ष २०८१÷२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा निर्देशनात्मक धारणा राख्दै मन्त्री गुरुङले मन्त्रालयको पुँजीगत खर्च बढाउन तर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च नहुनुको विधि कारण मध्ये, मन्त्रालयमाझ अल्झिएको कानुनी र नीतिगत बाधा पनि एक रहेको उनले बताए।
दोस्रो त्रैमासिक प्रगति समीक्षामा मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धि हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नु पर्ने विचार मन्त्री गुरुङले राखे । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे । प्रत्येक विभागहरुलाई संबोधन गर्दै मन्त्री गुरुङले आ–आफ्नो समस्या के छ पहिचान गरि समाधान गर्न चासो देखाउन आग्रह गरे ।
तीन दिन भन्दा बढी न राख्नु टेबलमा कागज । बढीमा ७ दिन राख्नु । त्यो भन्दा भएन भने कारण खुलाउनुस । “प्रशान कार्य शैली हाम्रो एकदमै कमजोर देखियो”, मन्त्री गुरुङले भने,“अर्को केही नीतिगत अस्पष्टताले काममा बाधा ल्याएकोछ ।” त्यस्तै उनले कर्मचारीहरुलाई कार्यालयमा आएको फाइल तीन दिन भित्रै पुरा गर्न निर्देशन दिएका छन् । “तपाईको टेबलमा आएको काम तिन दिनभन्दा बढी नराख्नुहोस्”, उनले भने,“सात दिन कट्यो भने कारण खुलाएर कार्यालय प्रमुखलाई भन्नुहोस् । तर, अलमलमा नपार्नुहोस् ।”
मन्त्री गुरुङले यसै वर्ष काठमाडाँैमा आइटि पार्क निर्माण गर्ने, गोर्खापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था(पीएसबी) लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।











प्रतिक्रिया