लन्डन, (एजेन्सी)
म्यानचेस्टर सिटीले अग्रता सम्हाल्न नसक्दा जारी च्याम्पियन्स लिगकै सबैभन्दा बहुप्रतिक्षित खेल गुमाउन पुग्यो । इंग्लिस टोली सिटीले उनीहरुकै मैदान इतिहादमा पाहुना स्पेनी टोली रियल मेड्रिडविरुद्ध २–१ को अग्रता बनाएको थियो । पेप गार्डिओलाको टोलीले अन्तिम १० मिनेट सम्हाल्न सकेको भए शायद सिटीको जित पक्का हुनेथियो ।
यसपछि रियलले दुई गोल फर्काएर ३–२ को जित निकालेको थियो । ब्राहिम डियाजले ८६ औं मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा जुड बेलिंगामले विजयी गोल गरेका थिए । योसँगैं रियलले प्लेअफको पहिलो लेगमा एडभान्टेज लिएको छ ।
यसअघि अर्लिङ हालान्डले १९ औं मिनेटमा गोल गरेर सिटीलाई १–० को अग्रता दिलाएका थिए । यसपछि दोस्रो हाफमा हालान्डले गरेको एक प्रहार बारमा ठोकिँदा सिटी २–० अग्रता लिन विफल भयो । तर, रियलका लागि क्लियन एम्बाप्पेले ६० औं मिनेटमा गोल गरेर १–१ बराबरीमा खेल पु¥याए ।
८० औं मिनेटमा दानी सेबालोसले फिल फोडेनमाथि पेनाल्टी बक्समा फाउल गरेपछि सिटीले पेनाल्टी प्रहार गर्ने मौका पायो । जसमा, हालान्डले सहजै गोल गरे । यो गोलसँगैं सिटी २–१ को अग्रतामा पुग्यो र जितको नजिक थियो । तर, यसपछि दुई खेल आत्मसात गरेपछि घरेलु मैदानमा सिटी पराजित भयो ।
मंगलबार रातिका अन्य खेलहरुः
ब्रेस्ट ०–३ पेरिस सेन्ट जर्मेन
युभेन्टस २–१ पीएसभी
स्पोर्टिङ सीपी ०–३ बोरुसिया डर्टमण्ड











प्रतिक्रिया