ट्राफिकमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ


काठमाडौं ।

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।

मंगलबार राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा चक्कु प्रहारको प्रयास भएको हो ।

चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आक्रमण प्रयास गर्ने धनगढी उपमहानगरपालिका-१४ निवासी टमटालाई मंगलबार राति नै पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।