पोखरा ।
उज्बेकिस्तानको टोली ब्ल्याक बुल्स पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार ब्ल्याक बुल्सले थन्डर बोल्ट्स नर्थ युनाइटेड सिक्कीमलाई ३–० ले हराउँदै अन्तिम चारको स्थान तय गरेको हो ।
३८ औं मिनेटमा बुल्सका लागि इस्लोमजोन अब्दुकोडिरोभले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । अजिज्वेकको पासलाई नियन्त्रणमा लिदैँ उनले थन्डरका डिफेन्डर सोनम भुटियालाई बिट गर्दै गरेको प्रहारले दोस्रोबार हुँदै जालि चुम्यो ।
पहिलो हाफमा १–० को अग्रता लिएको बुल्सले दोस्रो हाफमा थप दुइ गोल ग¥यो । ७३ औं मिनेटमा परिवर्तित खेलाडी साइदजामोल डाभलतजोन्बले गोल गर्दै अग्रता दोब्बर पारे ।
कुभोन्चबेकको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका साइदजामोलले साभाक्तजोनको पासमा उत्कृष्ट गोल गरे । साभाक्तजोनले त्यसको दुइ मिनेट पछि ७५ औं मिनेटमा प्रहार गरेको बलले जाली चुमेको थियो ।











प्रतिक्रिया