राष्ट्रपति पौडेलसँग बेलायती राजकुमार दम्पत्तीको भेटवार्ता


काठमाडौं ।

बेलायती राजकुमार एडवार्ड र उनकी धर्मपत्नी सोफियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

उनीहरुले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालले जलवायु परिवर्तनकै विषयलाई लिएर सगरमाथा संवादको थालनी गर्न लागेकोबारे पनि राजकुमारलाई जानकारी गराए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा हुँदैछ। राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ प्रतिक्रिया दिए। साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि गरे।

साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

उनीहरु माघ २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।