आधुनिक समाजमा सांस्कृतिक संगीतको महत्त्व 

1.79k
Shares

सांस्कृतिक संगीत एक परिचय 

सांस्कृतिक संगीत मानव सभ्यताको आरम्भिक कालदेखि नै उत्पन्न भएको एक महत्त्वपूर्ण सांस्कृतिक अभिव्यक्ति हो। सरल भाषामा सांस्कृतिक संगीत भन्नाले हाम्रो परम्परा र संस्कारसँग जोडिएको संगीत भन्ने बुझिन्छ। हाम्रो परम्परा र संस्कार जति पुरानो छ त्यतिनै पुरानो संगीत रहेको छ। यसले कुनै विशेष जाति, समुदाय, क्षेत्र वा राष्ट्रको सांस्कृतिक पहिचान र परम्परालाई अभिव्यक्त गर्ने संगीतलाई जनाउँछ। यो संगीत प्रायः त्यो समुदायको ऐतिहासिक, सामाजिक, धार्मिक, र सांस्कृतिक मूल्य र विश्वासहरूको अंश हुन्छ। सांस्कृतिक संगीतलाई परम्परागत संगीत पनि भनिन्छ, किनकि यसले विशेष रूपमा परम्परा, रीतिरिवाज, र संस्कृतिको संरक्षण र अभिव्यक्तिमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

हाम्रो नेपालमा विभिन्न भूभाग जस्तै तराई ,पहाड र हिमालमा विभिन्न जातजातिको बाहुल्यता रही आएको छ।  उदाहरणको लागि हिमालमा शेर्पा, तामाङ, र गुरुङजस्ता जातिहरू समावेश छन्, पहाडमा बाहुन, छेत्री,तामाङ,नेवार, राई ,लिम्बू र तराईमा मैनापोखरा, मधेसी, थारु, र अन्य समुदायका मानिसहरू समावेश छन्। र तिनै जातजाति अनुसार उनीहरुको आफ्नै मौलिक लोक गीतसंगीत र वाद्यवादन रहेका छन् , यिनै मौलिक संगीत नै हाम्रा सांस्कृतिक संगीत हुन्। 

जतिनै आधुनिकतामा रमाए पनि जतिनै पाश्चात्य संगीतमा झुमे पनि एक छेउमा आएर नेपालिको मन भने तिनै दोहोरीका भाका भनौ या आ-आफ्ना भाषामा बनेका गीतहरुमा नै रम्ने गर्छन्।  यो नै एउटा मौलिक संगीतको महत्त्व पनि हो। 

नेपालका ग्रामीण क्षेत्रमा प्राय जसो लोक गीत संगीतको भाकामा रम्नेहरू धेरै छन् भने शहरी क्षेत्र र बिदेसिएका नेपालीहरु पनि लोक संगीत नै मन पराउँछन्। 

पप र आधुनिक गीत सुनेता पनि विशेष समारोह र चाड बाडमा भने संस्कृति नै झल्किने संगीतको बेजोड महत्त्व छ।  नेपालीको महान चाड दशैँ ,तिहार, छट ,तीज , ल्होसार ,धान रोपाई जस्ता विभिन्न पर्वहरूमा सांस्कृतिक तथा परम्परागत गीतहरु सुन्ने र बजाउने गरिन्छ। 

संगीतका प्रकारहरु 

प्रत्येक प्रकारको संगीतले एक विशेष समुदाय, परम्परा, र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछ। सांस्कृतिक संगीतका विभिन्न प्रकारहरु छन् ,त्यस मध्य केहि प्रकारहरु यहाँ उल्लेख छन्:

१) लोक संगीत 

समाजमा प्रचलित, भूभाग अनुसारका भाषाभाषी ,जातजातिहरुले रचेका स्थानीय मौलिक रचनामा आधारित रहेर गाउने र बजाउने संगीत लोक संगीत कहलिन्छ। देशलाई अन्तरास्ट्रिय स्तरमा चिनाउनको लागि पनि हाम्रो मौलिक लोक भाकाका गीतसंगै मौलिक भेषभुषा पहिरिएर नृत्यहरु प्रस्तुत गरिन्छ यसर्थ यसले देशको प्रतिनिधित्व गरेको हुन्छ।   लोक संगीतले नै संगीतको धरोहर बचाएको हुने हुँदा  यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो। 

२ )आधुनिक संगीत 

कुनै पनि देशको संस्कृतिलाई विश्वको प्रचलित देशको संस्कृतिले प्रभाव पारेको देखिन्छ र यसमा संगीत पनि पर्दछ।  यही प्रभावमा आधुनिक गीतको सुरुवात भएको देखिन्छ।  पाश्चात्य संगीतको प्रभाव लोक संगीतमा प्रत्यक्ष पर्ने हुँदा  आधुनिक संगीतको उत्पत्ति भएको हो जुन सुन्नमा मिठो लागेता पनि समयको लहरसंगै यो परिवर्तित हुन सक्छ।  एक समय सिमाभित्र एउटा गीत प्रचलित छ भने त्यही गीत अर्को गीतको उत्पत्तिसँगै हराउने पनि हुन्छ।  यसमा पप, रक, हिप हप, जैज आदि  संगीतका प्रभावहरू पाइन्छ।

-पप संगीत : युवापुस्ताको बीचमा लोकप्रिय।

-रक संगीत : पश्चिमी शैलीका संगीतहरू।

-नेपाली फिल्म संगीत : चलचित्रहरूमा गाइने गीतहरू जुन प्राय प्रेम, भावना र सामाजिक सन्देश समेटेर बनाइन्छ।

यसर्थ  आधुनिक संगीतलाई परिवर्तनको नाम पनि दिइएको छ। 

३) शास्त्रीय संगीत 

शास्त्रमा आधारित समृद्ध र गहिरो संगीत शैली नै शास्त्रीय संगीत भन्ने बुझिन्छ। जसमा राग, ताल र संगीत सिद्धान्तको गहिरो ज्ञान समावेश छ ,यो उच्च कोटीको संगीतमा पर्दछ।  यस संगीतका पारखीहरु बौद्धिक हुन्छन्।  जसले शास्त्र को ज्ञान राखेका हुन्छन भने आम मानिसको लागि यो अरुचिपूर्ण हुन सक्दछ।  शास्त्रीय संगीत, संगीतको एक महत्त्वपूर्ण र अभिन्न अंग हो।  जसलाई बुझ्न गहिरो अध्ययन र धैर्यपूर्ण चरित्रको आवश्यकता पर्दछ। 

४) धार्मिक संगीत

धार्मिक संगीतले प्रायः भगवान र देवी-देवताका भजन, कीर्तन, आरती आदि समावेश गर्दछ। नेपालमा हिन्दू र बौद्ध धार्मिक संगीत विशेष रूपमा प्रचलित छन्।

-भजन : भजन एक धार्मिक गीत हो जुन प्रायः भगवान वा देवी(देवताको स्मरण गर्न गाइन्छ। नेपाली भजनमा नेपाली भाषा, संस्कृति र संगीतको विशेषतालाई झल्काउने प्रयास गरिन्छ।

– कीर्तनस : भगवानको स्तुति गर्दै गाइने भक्ति संगीत।

-आरतीस :  मन्दिर वा घरमा पूजा बेला गाइने धार्मिक गीतहरू।

सांस्कृतिक संगीत समाजको आन्तरिक जीवन र पहिचानलाई व्यक्त गर्ने माध्यम हो साथै यो समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने मध्यस्थकर्ता पनि हो । यसले पुराना परम्पराहरूसँग जोड्दै नयाँ पुस्तालाई सृजनात्मकताको ज्ञान दिँदै विकासको मार्ग खोल्छ।

सांस्कृतिक संगीतको महत्त्व 

सांस्कृतिक संगीतले समाजका विविध पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यसको महत्त्व गहिरो र व्यापक रहेको छ।  

सामाजिक पहिचान र एकता स् समाजमा ऐक्यबद्धता कायम गर्न संगीत एक उच्च प्राथमिकतामा पर्ने प्रभावशाली माध्यम हो।  विभिन्न जातीय पृष्ठभूमि र भौगोलिक बनावटबाट आएका भएपनि सांस्कृतिक संगीतले सामूहिक भावसहितको एकता कायम गर्नमा, मानिसलाई संस्कार सिकाउनमा ठुलो मद्दत गर्दछ।  मानिस जतिनै परिवर्तनशील भएपनि आफ्नो जरालाई बिर्सिन नहुने गुण सिकाउनमा पनि सांस्कृतिक संगीतको भूमिका रहेको छ।  

संस्कार र परम्पराको ज्ञान :  समाज र पुर्खाको संस्कार थाम्ने धरोहर भनेकै सांस्कृतिक महत्वका बिषयहरु हुन्।  चाहे त्यो बाध्य बादन होस नृत्य या संगीत होस्।  कुनै पनि देशको संगीत र नृत्य ईतिहास जतिनै पुरानो हुन्छ, त्यही इतिहास र परम्परा नया पिढीमा हस्तान्तरण हुने हुँदा  सांस्कृतिक संगीतको संरक्षण र जगेर्नाको साथै ज्ञान पनि बढ्न जान्छ।  

धार्मिक र आध्यात्मिक  महत्त्व : स्वधर्म विशेष कार्यक्रमहरुमा सांस्कृतिक संगीतले ठुलो महत्त्व राख्दछ।  विभिन्न धर्महरूको पूजा र अनुष्ठानमा संगीतले भक्तिपूर्ण वातावरण सिर्जना गर्दछ। जसको माध्यमबाट मानिसहरू आध्यात्मिक शान्ति र आशाको साथै जीवनको उतार चाडवलाई सहस्र स्वीकार गर्ने हिम्मत प्राप्त गर्न सक्दछन्। 

भावनात्मक र मानसिक स्वास्थ्यमा मद्दत: सांस्कृतिक संगीतले मानिसको मानसिक र भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने गुण हुन्छ । यसले तनाव घटाउन, मानसिक शान्ति ल्याउन र भावनात्मक अभिव्यक्ति साटासाट गर्न मद्दत गर्दछ। पारंपरिक संगीत र नृत्यले मुहारमा खुसीको भाव प्रकट गर्दै आत्मा र शरीरलाई सन्तुलित राख्न सहयोग पुर्‍याउँछ।

सांस्कृतिक संवाद र अन्तर संस्कृतिको विकास : सांस्कृतिक संगीत विभिन्न जाति र समुदायहरूको बीचमा एक पुलको रूपमा कार्य गर्न सक्छ। संगीतको माध्यमबाट मानिसहरूले अन्य संस्कृतिहरूसँग संवाद गर्न, नयाँ विचार र सृजनात्मकता आदान-प्रदान गर्न सक्छन्। यसले सांस्कृतिक विविधता र सहिष्णुता बढाउँछ। विभिन्न राजनीतिक दल र देशको प्रतिनिधित्व गर्ने वैदेशिक कायक्रममा सहभागिता हुँदा आआफ्नो देशको चिनारीको रुपमा सांस्कृतिक कार्यक्रमद्वारा परिचय गरिन्छ यसको लागि भाषा जरुरी भन्ने हुँदैन।  कुनैपनि देशको संस्कृति त्यो देशको भाषा भन्दा माथि रहन्छ।